काठमाडौं, माघ १७ –मंगलबार नयाँ बनेश्वरमा कांग्रेसका युवा नेताहरुले जुत्तामा पालिस लगाएका तस्बिरले सामाजिक सञ्जालका भित्ताहरु भरिएका छन् ।

राजनीतिक शुद्धीकरण अभियानको शुरुवात भएको भन्दै कांग्रेसका चर्चित नेताहरु सडकको पेटीमै बसेर बटुवाको जुत्तामा पालिस लगाएपछि यसले राम्रै चर्चा पाएको छ ।

कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले आयोजना गरेको जुत्ता पोलिस कार्यक्रममा सहभागी भएका उनीहरुले राजनीतिक शुद्धीकरणका लागि प्रतीकात्मक रुपमा दवाव दिन जुत्तामा पोलिस लगाएका बताए ।

केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, पूर्वसभामुख दमननाथ ढुंगाना, बरिष्ठ अधिवक्ता तथा पूर्वसांसद राधेश्याम अधिकारी र काभ्रे पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेललगायतका नेताहरुले हातमा ब्रस र पालिस लिएर बसेको तस्बिर भाइरल नै बनेको छ ।

जुत्ता पोलिसको विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न चर्चा र बहस पनि भएको छ । कतिपयले यसलाई सकारात्मक कदम भनेका छन् भने कतिपयले आलोचना गरेका छन् । पार्टी भित्र बसेर सही र सत्यको बारेमा आवाज उठाउनुपर्नेहरु सडकमा आएर जुत्ता लगाउने पेशाको अपमान गरेको कतिपयको बुझाई छ ।

पत्रकार केदार शर्माले ट्वीटमा लेख्नुभएको छ, ‘नेकाका फरक धारका नेताजीहरु, आफ्नो सडक नाटक देख्दा जुत्ता पालिस गरेरै गुजारा गर्ने व्यक्तिहरुलाई कस्तो लाग्ला भन्ने त तपाईंहरुको मनमा पक्कै आएन होला । मलाई भने तपाईंहरुको शुद्धीकरण बडो असंवेदनशील र कलाविहीन लाग्यो । र लाग्यो, पार्टीलाई यहाँ ल्याइपु¥याउने देउवा मात्र होइनन् ।’

नेकाका ‘फरक धारका’ नेता जीहरू,
आफ्नो सडक नाटक देख्दा जुत्ता पालिस गरेरै गुजारा गर्ने व्यक्तिहरूलाई कस्तो लाग्ला भन्ने त तपाईँहरूका मनमा पक्कै आएन होला!

मलाई भने तपाईँहरूको ‘शुद्धीकरण’ बडो असंवेदनशील र कलाविहीन लाग्यो। र लाग्यो, पार्टीलाई यहाँ ल्याइपुर्‍याउने देउवा मात्र होइनन्!pic.twitter.com/qe9IenMRp3

पत्रकार किशोर नेपालले पनि जुत्ता पोलिस गर्ने कार्यक्रमको व्यंग्य गर्नुभएको छ । उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘खानेबेलामा आँखा नदेख्ने, अहिले किशुनजीको नाममा बुट पालिस खेल्ने । धन्य हो ।’

किसुनजीजस्ता नेताको आचरण र सिद्धान्त अहिलेको पुस्तालाई बुझाउनका लागि राजनीति शुद्धीकरणको अभियान थालेको दाबी गरेका नेताहरुले लोकप्रियताका लागि मात्र यस्तो गरेको धेरैको टिप्पणी छ ।

फेसबुक र ट्वीटरमा धेरैको प्रतिक्रिया छ – ‘प्रजातान्त्रिक पार्टी भएर पनि प्रजातान्त्रिक शैलीमा हिँड्न नसकेको नेतृत्वको निर्णयमाथि खोई आवाज उठाउन सेकेको ? प्रजातन्त्रमा जनमत गुमाईसकेको सरकारलाई कुर्सीमा बसिरन नैतिकताले दिंदैन र त्यो शोभनीय पनि हुँदैन । त्यसैले संवैधानिक त्रुटि देखाउँदै सरकारको आयु लम्ब्याइरहेका नेतृत्वलाई सहज रुपमा कुर्सी छाड्न दवाव दिनु पर्दैन ? जुत्ता पोलिस गर्दैमा र नेतृत्व परिवर्तनको माग गर्दैमा राजनीतिक शुद्धीकरण हुने हो र नेताज्यू ?’

ट्वीटरमा आएका केही प्रतिक्रिया :

लेखक रतन भण्डारी आफ्नो फेसबूक वालमा लेख्नुहुन्छ :

बाँसबारी छाला जुत्ता कारखाना बेच्ने काँग्रेसजनहरुले जनताको जुत्तामा पोलिस लगाएको नाटक मंचन गरेछन् । 
हेर्दै जाउँ हरिसिद्धी इटा कारखाना बेच्ने काँग्रेसजनले कुनै दिन जनताका इटा बोकेको अर्को नाटक मंचन गर्नेछन् । 
भृकुटी कागज कारखाना बेच्ने काँग्रेसजनले जनताका छोराछोरीलाई कापी बाड्नेछन् । 
हेटौडा कपडा उद्योग बेच्ने काँगे्रजनले जनताकालाई लत्ताकपडा बाँडेको नाटक देखाउने छन् । 
वीरगंज चिनी कारखाना बेचेका काँग्रेसजनले जनतालाई चिनी बाँड्नेछन् । 
देश बनाउने हो भने चन्द्र भण्डारी र धनराज गुरुंगज्यूहरु हो कौडीका मोलमा बेचिएका उद्योगधन्दा संचालनमा ल्याउने अभियानमा जुटौ । जनताको जुत्ता पुछ्ने कस्मेटिक नाटक बन्द गरौँ ।

 

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter